१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध विद्यार्थीले गरेको प्रदर्शनमा झडप


0
Shares

बढेको मूल्य तत्काल फिर्ता गर्न माग गर्दै बिहीबार नेपाल आयल निगमका अधिकारीहरुलाई ज्ञापनपत्र बुझाउन काठमाडौंको बबरमहल पुगेका विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।

कार्यालयभित्र प्रवेशमा प्रहरीले रोकेपछि आक्रोशित विद्यार्थी र प्रहरीबीच झडप भएको थियो ।

विद्यार्थीले केहीबेर नाराबाजी गरेपछि भने उनीहरुलाई प्रवेश दिइएको थियो ।

निगमका महाप्रबन्धक सुशील भट्टराईलाई भेटेर अनेरास्ववियु, अखिल क्रान्तिकारी, युवा संघ र वाइसीएल नेपालले ज्ञापन बुझाएका हुन् ।

खाना पकाउने एलपी ग्यासमा भाउ बढाउँदा जनताको चुलोमै प्रहार भएको उनीहरुका भनाइ थियो ।

उनीहरुले परिचयपत्रका आधारमा विद्यार्थीलाई सहुलियतदरमा खाना पकाउने ग्यास उपलब्ध गराउने सरकार र विद्यार्थी संगठनबीचको सहमति कार्यान्वयन नभएकोमा पनि आक्रोश पोखे ।

ज्ञापनपत्र बुझ्दै महाप्रबन्धक भट्टराईले अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्वचालित मूल्य निर्धारण प्रणाली अपनाइएकाले सोहीअनुसार भाउ बढेको जवाफ दिए ।