
भारी वर्षासंगै आएको आँधीका कारण युरोपका हजारौं घरमा बिजुली आपूर्ति बन्द भएको छ । यातायात सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ ।
स्वीट्जरल्यान्डमा एउटा रेल र ट्रक पल्टँदा केही मानिस घाइते भएका छन् । जर्मनीमा सयौं घरमा क्षति पुगेको छ । फ्रान्सका केही सहरमा केही सवारीसाधन पुरिएका छन् । यातायात सेवा अवरुद्ध हुँदा फ्रान्सका केही स्कूल तथा कलेज बन्द गरिएका छन् ।
यसअघि एलेनर आँधीले बेलायतका सयौं घरमा दर्जनौं सवारीसाधनमा क्षति पुर्याएको थियो । मौसमविद्हरुले वर्षा र आँधी अझै केही दिन रहने जनाएका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्