१० महिनामा २४ अर्बको चामल आयात • Image Khabar Image Khabar


१० महिनामा २४ अर्बको चामल आयात


Imagekhabar
१४ असार २०७५, बिहीबार १९:१७

१० महिनामा २४ अर्बको चामल आयात

काठमाडौं, असार १५ । सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको १५ वर्ष भयो । हरेक वर्ष असार १५ गते धान दिवस मनाए पनि धान उत्पादन वृद्धि नहुँदा वार्षिक अर्बौं रुपैयाँको चामल आयात हुँदै आएको छ ।

सरकारले चामललगायतका खाद्यवस्तु आयात प्रतिस्थापन गरी खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरे पनि चालू आर्थिक वर्ष ०७४÷७५ मा साढे २४ अर्ब रुपैयाँको चामल आयात भएको छ ।

गत वैशाखसम्म चीन, भारत, थाइल्याण्ड, जापान, इटलीलगायतका मुलुकबाट २४ अर्ब ४९ करोड ८० लाखको चामल आयात भएको भन्सार विभागले जनाएको छ । –नागरिक दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्