मिडियामैत्री कानुन निर्माणका लागि सांसदलाई पत्रकारले दिए कलम उपहार • Image Khabar Image Khabar


मिडियामैत्री कानुन निर्माणका लागि सांसदलाई पत्रकारले दिए कलम उपहार


Imagekhabar
२० पुष २०७४, बिहीबार १९:०६

मिडियामैत्री कानुन निर्माणका लागि सांसदलाई पत्रकारले दिए कलम उपहार

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको सभाहलमा गत मंसिर १० गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा निर्वाचित ६ जना सांसद्हरुलाई बधाई तथा सम्मान गरिएको हो ।

बधाई तथा सम्मान कार्यक्रममा पत्रकारहरुले निर्वाचित सांसद्हरुलाई सुशासन, समृद्धि र मिडियामैत्री कानुन निर्माणका लागि डायरी र कलम उपहार दिएका छन् ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले संविधानले व्यवस्था गरे अनुरुप प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कानुन निर्माण गर्न आग्रह गरे ।

यसैबिच, बिहीबार नै जिल्ला समन्वय समिति र नीलकण्ठ नगरपालिकाले पनि नवनिर्वाचित सांसद्हरुलाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्