Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


मिसेज ब्युटी क्वीन बनिन् सुदीक्षा


0
Shares

सिजन मिडियाले आयोजना गरेको लेट मि इन मिसेज ब्युटी क्वीन नेपालमा सुदीक्षाले पहिलो स्थान हात पारेसँगै टिभिएस स्कुटर, रु एक लाख ५० हजार बराबरको उपहार, लाभा मोबाइल सेट र चार दिनको लागि मलेसिया भ्रमणको अवसर पाएकी छन् ।

त्यसैगरी, दोस्रो भएकी जनकपुरकी दिपीका राईले रु एक लाख बराबरको उपहार, चार दिनको मलेसिया भ्रमण तथा लाभा मोबाइल प्राप्त गरेकी छन् भने तेस्रो हुने विष्णु माया पौडेलले पनि चार दिनको मलेसिया भ्रमण, रु २० हजारको उपहार र लाभाको मोबाइल प्राप्त गरेकी छन् ।

दश वर्षदेखि निरन्तर रुपमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको यस संस्थाले यसपटक २१ वर्षदेखि ४५ वर्ष उमेर समूहका विवाहित महिलाको सौन्दर्य प्रतियोगिताको कार्यक्रम आयोजना गरेको थियो । प्रतियोगितामा देशभरीबाट २६ प्रतियोगी सहभागी भएका थिए ।

सो अवसरमा आयोजक संस्थाका प्रमुख प्रदीपराज वन्तले महिलाहरुको क्षमता विकासको लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे । यस कार्यक्रमको छनोट समितिमा राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता सुर्यचन्द्र बस्नेत, सौन्दर्यकर्मी कल्पना श्रेष्ठ तथा नेपाल प्रहरी विद्यालयका प्रधानाध्यापक नवीनमान श्रेष्ठलगायत थिए । (रासस)

Skip This