१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


शीतलहरले जनजीवन प्रभावित, अस्पतालमा बिरामीको चाप बढ्यो


0
Shares

चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । चिसोबाट सुकुम्बासी र आरक्ष पीडित बस्ती तथा स्कुले बालबालिका बढी मारमा परेका छन् । बृद्धबृद्धा पनि चिसोको समस्यामा परेका छन् । अत्याधिक चिसोले सर्वसाधारणकोे दैनिकी नै प्रभावित बनेको छ ।

सर्वसाधारणले चिसो छल्न ठाउँठाउँमा आगो तापेर दिन बिताईरहेका छन् । बाक्लो हुस्सुले राजमार्गलगायत सडकमा नजिक देख्न पनि कठिन हुँदा सवारी सञ्चालनमै गाह्रो भएको छ । शीतलहर र बाक्लो हुस्सुकै कारण सवारी दुर्घटना बढ्न थालेको छ । चिसोका कारण महाकाली अञ्चल अस्पतालमा बिरामीको चाप पनि बढेको छ ।