रुपन्देहीमा गोली हानेर एकजनाको हत्या • Image Khabar Image Khabar


रुपन्देहीमा गोली हानेर एकजनाको हत्या


Imagekhabar
२१ पुष २०७४, शुक्रबार १२:२२

रुपन्देहीमा गोली हानेर एकजनाको हत्या

गोली लागेर स्थानीय बलु पौडेल मारिएका हुन् । टाउको र छातीमा गरी दुई गोली लागेको पौडेलको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार हुँदै गर्दा निधन भएको हो ।

पौडेल एमालेका नेता नीलकण्ठ पौडेलका छोरा हुन् । गोली हान्ने ब्यक्ति मोटरसाइकलमा आएको र गोली हानेर रोहिनी खोलातिर भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

गोली हान्नेको पहिचान भएको छैन । प्रहरीले गोली हान्नेको खोजी जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्