२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


प्रदेश राजधानी माग गर्दै धनकुटा र डोटीमा आन्दोलन जारी


0
Shares

गएराति ९ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म बाटोमा अलपत्र परेका सवारी साधन र यात्रुलाई गन्तब्यमा पुग्न दिए पनि फेरि बाटो ठप्प पारिएको छ ।

बिहानैबाट धनकुटाका बजार, पसल, कलकारखाना सबै बन्द छन् । एम्बुलेन्स, प्रेस, विद्यालय, दूध र तरकारी बोकेको सवारी साधनबाहेक कोशी राजमार्गमा अरु कुनै गाडी चल्न दिइएको छैन ।

बन्दकर्ताले हिले, कागत, देब्रेबास, सल्लेरी, जिरोप्वाइन्ट, आत्मारा ढाट, मूलघाटलगायतका स्थानमा टायर बालेर बाटो रोकेका छन् । गाडी चल्न नदिँदा कोशी पहाडका धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुरको जनजीवन प्रभावित भएको छ ।

शुक्रबारबाट आमहड्ताल २४ घण्टा गरिने आन्दोलनकारीले जनाएका छन् ।

उता, प्रदेश नम्बर ७ को राजधानी माग्दै डोटीमा पनि आन्दोलन दिनानुदिन चर्कदै छ । बजार, शिक्षण संस्था पूर्ण रुपमा बन्द छन् भने यातायातका साधन संचालनमा आउन सकेको छैन ।

सरकारी तथा गैह्रसरकारी संघसंस्थासमेत तीन दिनदेखि ठप्प छन् । सरकारले दिपायलको पक्षमा निर्णय नगरेसम्म हड्ताल रहने डोटीवासीको माग छ ।