२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


कोहली आइपीएलका सर्वाधिक महँगा खेलाडी, गम्भीर, गेल, युवराज ‘अक्सन’मा


0
Shares

रोयल च्यालेन्जर्स बैंगलोरले अहिलेसम्म उपाधि नै नदिलाएका कोहलीलाई ११औं संस्करणको कप्तानीमा नवीकरण गर्दै अहिलेसम्मकै महँगो रकम तिरेको हो ।

शीर्ष खेलाडीहरु नवीकरण गर्दा १५ करोड भारतीय रुपैयाँ दिए पुग्नेमा बैंगलोरले दुई करोड थपेर १७ करोड दिने निर्णय गरेको हो ।

यस्तै, कोलकाता नाइट राइडर्सलाई दुईपटक च्याम्पियन बनाउन सफल कप्तान गौतम गम्भीर र ट्वेन्टी–२० को इतिहासमा सबैभन्दा बढी रन, चौका र छक्का प्रहार गर्ने वेस्ट इन्डिजका खेलाडी क्रिस गेलको भने टिमहरुले नवीकरण नगर्दा अब ‘अक्सन’मा जानुपर्ने भएको छ ।

बैंगलोरले विराटसँगै एबीडे भिलियर्स र सर्फराज खानलाई नवीकरण गरेको छ भने शेन वाट्सन र युज्भेन्द्र चाहाल अक्सनमा जानेछन् ।

त्यस्तै, मुम्बई इन्डियन्सले रोहित शर्मा, हार्दिक पाण्डेया र जसप्रित बुमराहलाई नवीकरण गर्दा हरभजन सिंह र लासिथ मालिंगा अक्सनमा जानुपर्नेछ ।

चेन्नई सुपर किंग्सले महेन्द्र सिंह धोनी, सुरेश रैना र रविन्द्र जडेजालाई नवीकरण गर्दा रविचन्द्रन आश्विन र दयाने ब्राभो अक्सनमा जानुपरेको छ ।

किंग्स इलेभेन पन्जाबले अक्षर पटेलकोमात्र नवीकरण गर्दा ग्लेन म्याक्सवेल, डेभिड मिलर र हासिम अम्ला अक्सनमा धकेलिएका छन् ।

सनराइजर्स हैदरावादले कप्तान डेभिड वार्नर र भुवनेश्वर कुमारको नवीकरण गर्दा युवराज सिंह, शिखर धवन र केन विलियमसन अक्सनमा जानुपरेको छ ।

दिल्ली डेयर डेभिल्सले रिषभ पन्त, श्रेयस अथ्यर र क्रिस मोरिसको नवीकरण गरेको छ भने एन्जेलो म्याथ्युज, कोरी एन्डरसन र क्विन्टन डे कक अक्सनमा जानुपर्नेछ ।

त्यस्तै, राजस्थान रोयल्सले स्टिभ स्मिथकोमात्र नवीकरण गर्दा अजिन्क्या रहाने र जेम्स फल्कनर अक्सनमा पुग्नेछन् ।

कोलकाताले सुनील नाराइन र आन्द्रे रशेलको नवीकरण गर्दा गौतम गम्भीरसँगै मनीष पान्डे र शकिव अल हसन अक्सनमा जानुपरेको छ ।

८ टिमले सहभागिता जनाउने आइपीएलको ११औं संस्करणको अक्सन आगामी माघ १३ र १४ गते हुनेछ । (एजेन्सी)