३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


संघीयता कार्यान्वयन चुनौतिपूर्णः उपप्रधानमन्त्री पोखरेल


0
Shares

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संघीयता कार्यान्वयन चुनौतिपूर्ण रहेको बताएका छन् ।

२४ औं महानगर दिवस तथा महानगर महोत्सवको आज काठमाडौंमा उद्घाटन गर्दै उनले कानुन र अनुभव नहुँदा संघीयता कार्यान्वयन जटिल भएको बताए ।

उपप्रधानमन्त्री पोखरेलले काठमाडौं महानगरपालिकालाई सुन्दर बनाउनेतर्फ सरकार सचेत रहेको भन्दै सोच जस्तो काम हुन नसक्नुमा नगर प्रमुख मात्र एक्लै दोषी नभएको उल्लेख गरे ।

महागरपालिकालाई पर्यटकीय नगरीको रुपमा विकास गरिनु पर्ने भन्दै उनले सबैको साझा प्रयासबाट मात्र विकास सम्भव हुने स्पष्ट पारे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीले काठमाडौ महानगरपालिकालाई नमुना शहरको रुपमा विकास गरिने बताए ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंलाई व्यवस्थित शहरको रुपमा विकास गर्ने कार्य भैरहेको जानकारी दिए ।

कार्यक्रममा महानगरपालिकाको साँस्कृतिक तथा पर्यटकीय विकासमा योगदान पुर्‍याएको भन्दै विभिन्न व्यक्ति र संघ,संस्थालाई सम्मानित गरिएको थियो ।