Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र साउदीद्वारा आकासमै नस्ट


0
Shares

यमनी हुथी विद्रोहीविरुद्ध संघर्षरत साउदी नेतृत्वको सैन्य गठबन्धनले यमनबाट साउदी सीमाक्षेत्रमा पर्ने नाजरान सहरलाई लक्षित गरी प्रहार भएको व्यालेस्टिक क्षेप्यास्त्रलाई आकासमा नै नस्ट गरिदिएको साउदी प्रेस एजेन्सीले शुक्रबार जनाएको हो ।

गठबन्धनका प्रवक्ता तुर्की अल माल्कीद्वारा हस्ताक्षर गरिएकोे एक विज्ञप्तिमा भनिएको छ, ‘यमनी भूमिबाट साउदीको मानववस्तीमा लक्षित गरी आक्रमण गरेको देखेपछि उक्त क्षेप्यास्त्रलाई प्याट्रियट ब्रिगेडले आकासमा ध्वस्त पारिदिएको छ ।’

क्षेप्यास्त्रलाई आकासमा नस्ट गरिएको भएपनि यसबाट उछिट्टिएर आएका टुक्राले सीमाक्षेत्रका भौतिक संरचनामा सामान्य क्षति भएको तर मानवीय क्षति भने नभएको बताइएको छ ।

साउदी अरबले आक्रमण प्रयासलाई ‘शत्रुतापूर्ण’ भन्दै यसमा हुथी विद्रोहीलाई सघाउन इरानको हात रहेको आरोप लगाएको छ ।

यमनी भूमिबाट केही हप्ता पहिले पनि यस्तै आक्रमण प्रयास भएको थियो । उक्त प्रयासलाई पनि आकासमै साउदी गठबन्धनले विफल पारेको जनाएको थियो । (रासस÷सिन्ह्वा)