Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


जुनसुकै बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्न सकिने


0
Shares

बिहीबार बसेको राष्ट्र बैंकको नियमन समितिको बैठकले निक्षेपकर्ताले जुनसुकै बैंकको कुनै पनि शाखाबाट आफ्नो खातामा रकम जम्मा गर्ने व्यवस्था गर्ने गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए ।

उनले भने, ‘कारोवारका लागि निश्चित ठाउँ तथा समय कुर्नु नपर्ने व्यवस्था छिट्टै शुभारम्भ हुँदैछ ।’ शिवाकोटीका अनुसार अब यो प्रणाली सुरु भएसँगै उपभोक्ताले सहज सेवा पाउनेछन् । रासस