
निडर, शन्की र बलियो पात्र शेर बहादुर फिल्मको मूख्य पात्र हो । शेर बहादुर आफ्नो लक्ष्य प्राप्तीका लागि केही योजना बनाउँछन् । त्यहि योजना भित्र रुमलिएका अन्य पात्रसंगको अवस्था फिल्मले चित्रण गरेको छ ।
फिल्मको मूख्य पात्रको रुपमा बरिष्ठ कलाकार सुनिल थापा देखिएका छन् । सुनिलको अलवा कर्म रविन्द्र झा, मेनुका प्रधान लगायतको मूख्य भुमिका फिल्ममा रहेको छ ।
एक्शन, रोमान्स, ड्रामा समाबेश फिल्म प्रति निर्माण पक्ष अपेक्षित छन् । आउँदो माघ १९ गते नै फिल्म रिलिज गर्ने तयारीका साथ फिल्मका निर्माण टिम प्रचार प्रसारको तयारीमा लागेका छन् ।
फिल्मको झट्ट नाम सुन्दा राजनीतिको गन्ध आए पनि यो कुनै राजनीतिसंग सम्बन्धित फिल्म नभएको निर्माण पक्षले जनाईएको छ ।
यस फिल्मको अधिकांश सिन सेटमा खिचिएको निर्माण पक्षको दावी छ । जुन सेट तयार गर्न मात्रै २५ लाख बढी खर्च गरिएको बताईएको छ ।
फिल्मका निर्देशक आर राजवंशि हुन् भने निर्माताका रुपमा बरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन् । गौरीशंकर धुजु नेपाली फिल्म क्षेत्रमा ४० बर्षदेखी अनवरत रुपमा लाग्दै आईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्