Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


टिपरले स्कुटीलाई ठक्कर दिँदा युवतीको मृत्यु


0
Shares

काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४६४९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा५५प ३७२५ नम्बरको स्कुटीलाई ठक्कर दिँदा कन्चनपुरको शुक्लाफाँटा–८ निवासी २० वर्षीया स्कुटीचालक विमला ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी ठगुन्नाको शिरमेमोरियल अस्पताल बनेपामा उपचारकाक्रममा मृत्यु भएको हो ।

सो दुर्घटनापछि अवरुद्ध भएको अरनिको राजमार्ग खुलाउन प्रहरीले ६ सेल अश्रृग्यास प्रहार गर्दा केहीबेर तनाव भएको थियो ।

तर, अहिले स्थिति नियन्त्रणमा आइसकेको र राजमार्ग सन्चालन भइसकेको प्रहरीले जनाएको छ । रासस

Skip This