सप्तरीका सामुदायिक विद्यालय २६ गतेसम्म बन्द • Image Khabar Image Khabar


सप्तरीका सामुदायिक विद्यालय २६ गतेसम्म बन्द


Imagekhabar
२२ पुष २०७४, शनिबार १९:३२

सप्तरीका सामुदायिक विद्यालय २६ गतेसम्म बन्द

जिल्ला शिक्षा कार्यालयको निर्णयानुसार जिल्लाका ४१२ ओटै समुदायिक विद्यालयहरु २६ गतेसम्मका लागि बन्द गरिएको हो ।

यसअघि, कार्यालयले बिहीबार र शुक्रबार बिदा दिएको थियो । तर, मौसममा सुधार नआएपछि थप पाँच दिन विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर मण्डलले जानकारी दिए ।

शीतलहरका कारण शनिबारसम्म सप्तरीमा चिसोले कठ्यांग्रिएर ७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्