२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


श्रीलंकाका प्रधानमन्त्री महिन्द्रा राजापाक्षेले राजीनामा दिने


0
Shares

काठमाडौं । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाबाट प्रधानमन्त्रीमा नियुक्त महिन्द्रा राजापाक्षेले राजीनामा दिने भएका छन् ।

प्रधानमन्त्रीको पदमा बसिरहँदा विवाद देखिएकाले राजीनामा दिने तयारी उनले गरेका हुन् ।

महिन्द्राका छोरा नामलले देशको स्थायित्वका लागि उनले आज राजीनामा दिन लागेको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राजापाक्षेको यो तयारीसँगै श्रीलंकामा जारी सात हप्ता लामो शक्ति संघर्षको अत्य हुने अपेक्षा गरिएको अधिकारीहरुले बताएका छन् ।

श्रीलंकाको सर्वोच्च अदालतले संसद् विघटन गर्ने राष्ट्रपति सिरिसेनाको निर्णय अवैधानिक भएको ठहर गरेको भोलिपल्टै राजापाक्षेका छोराले उनी प्रधानमन्त्रीबाट बाहिरिन चाहेको भनाइ सार्वजनिक गरेका हुन् । (एजेन्सी)