२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


‘दरबारविरोधी गतिविधिमा संलग्न’ ११ जना साउदी राजकुमार पक्राउ


0
Shares

साउदी राजाको सत्ताविरोधी गतिविधिमा संलग्न भएको आरोपमा ११ जना राजकुमारलाई पक्राउ गरेका स्थानीय ‘शब्क अनलाइन’ समाचार संस्थाले शनिबार जनाएको हो ।

दरबारमा रहेर दरबारविरोधी गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको बताइएको छ ।

साउदी राजा सलमानले सरकारलाई राजकूमारहरूको बिजुली र पानीको विल नतिर्न दिएको निर्देशनको विरोधमा उत्रिएका सबै राजकुमारलाई पक्राउ गरेको समाचारमा बताइएको छ ।

राजकुमारहरूले पहिलेदेखि दिइदै आएको सेवा काट्ने दरबारको निर्णय र गतवर्ष हत्या अभियोगमा मृत्युदन्ड दिइएका राजकूमारको परिवारलाई क्षतिपूर्तिको माग गर्दै आएका थिए ।

उनीहरूको सुनुवाई विचाराधीन अवस्थामा राखी तत्काल जेलमा पठाइएको छ ।

साउदी सरकारले देसले गर्न चाहेको सुधार कार्यक्रमअन्तर्गत यहाँका राजकुमारहरूलाई पक्राउ गरेको तथा गतवर्ष केही उच्च पदस्थ अधिकारीलाई यहाँको इतिहासमा नै ठूलो भ्रष्टाचार मुद्दामा कारबाही गरी सरकारको नजरमा सबै नागरिक बराबर रहेको प्रष्ट गर्न चाहेको छ । (रासस/सिन्ह्वा)