धनकुटामा जारी आमहड्ताल केही खुकुलो, बजार बन्द यथावत • Image Khabar Image Khabar


धनकुटामा जारी आमहड्ताल केही खुकुलो, बजार बन्द यथावत


Imagekhabar
२३ पुष २०७४, आईतवार ०८:५२

धनकुटामा जारी आमहड्ताल केही खुकुलो, बजार बन्द यथावत

पाँच दिनदेखि जारी आमहड्ताललाई केही खुकुलो बनाउँदै बेलुका ५ बजेदेखि बिहान ८ बजेसम्म सवारी साधन सञ्चालन गर्न दिइने भएको हो ।

प्रादेशिक राजधानी धनकुटा बनाऔं अभियान समितिले यातायातका साधन सञ्चालनमा केही खुकुलो गरिए पनि बजार बन्द भने यथावत् राख्ने जनाएको छ ।

प्रदेश नं. १ को राजधानी धनकुटालाई बनाउनुपर्ने माग राख्दै धनकुटेलीले तीन साता यता चरणबद्ध आन्दोलन गर्दै आएका छन् । उनीहरुले पाँच दिनदेखि आमहड्ताल नै गरेर आन्दोलन चर्काएका छन् ।

निरन्तरको बन्दले जनजीवन कष्टकर बन्दै गएपछि अभियान समितिका संयोजक तथा प्रदेशसभा सदस्य निरन राईको संयोजकत्वमा बसेको सर्वदलीय बैठकले आन्दोलनका कार्यक्रमलाई केही खुकुलो पारेको संघर्ष समितिका प्रवक्ता नगेन्द्र राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्