
ट्रम्पलाई असक्षम राष्ट्रपतिको संज्ञा दिँदै माइकल उल्फले पुस्तक प्रकाशित गरेपछि आक्रोसित बनेका ट्रम्पले ट्वीट गर्दै आफ्नो मानसिक स्थिरता र चनाखोपन नै सबैभन्दा ठूलो सम्पत्ति भएको बताएका हुन् ।
उनले उल्फको पुस्तकलाई कथाको संज्ञा दिएका छन् । उनले आफू एक ‘स्थिर प्रकृतिको प्रतिभाशाली व्यक्ति’ भएको बताए ।
उनले रुससँग जोडिएका अनुसन्धान पूर्णरुपमा असत्य साबित भएपछि विपक्षी डेमोक्र्याटले आफ्नो मानसिक अवस्थाबारे प्रश्न चिन्ह लगाएको आरोप लगाए ।
‘फायर र फ्युरी’ पुस्तकका लेखक माइकल उल्फले आफ्नो पुस्तकले राष्ट्रपतिलाई पदत्याग गर्न बाध्य तुल्याउने बताएका थिए ।
पुस्तकमा ट्रम्पको मानसिक अवस्थाप्रति नै प्रश्न चिन्ह लगाउँदै उनी पूर्णतः विफल भएको उल्लेख छ ।
पुस्तकमा ट्रम्पको चुनावी टोली उनको जितबाट आश्चर्यचकित भएको, ह्वाइट हाउसका कमर्चारीले ट्रम्पको मानसिक स्वास्थ्य बिंग्रदै गएको भनेको जस्ता प्रसंग समेटिएका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्