
बन्दको फाइल तस्वीर
पौडेल हत्याको विरोधमा अनेरास्ववियु र युवा संघले गत शनिबारदेखि अनिश्चितकालीन बन्द आह्वान गरेका थिए । प्रशासनसँग आइतबार भएको वार्तामा प्रशासनले हत्यामा संलग्नहरुलाई छिट्टै पक्राउ गर्ने, मृतक पौडेल र गत बर्ष पुसमा हत्या गरिएका दुर्गा तिवारीलाई शहीद घोषणा गर्न सिफारिस गर्ने, शान्ति सुरक्षा चुस्त बनाउने सहमति गरेको छ ।
सहमति कार्यान्वयन नभए कडा आन्दोलन गर्ने चेतावनी पनि दुबै आन्दोलनकारीले दिएका छन् । फर्निचर व्यवसायीसमेत रहेका युवा संघका कार्यकर्ता पौडेलको गत शुक्रबार रुपन्देहीको देवदहमा अज्ञात समूहले गोली हानेर हत्या गरेको थियो ।
मनोज पुन भन्ने ब्यक्तिले हत्याको जिम्मा लिएको छ भने प्रहरीले उसको संलग्नताबारे केही बताएको छैन ।
प्रतिक्रिया दिनुहोस्