Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


राखेप च्याम्पियनशिप : राष्ट्रिय बक्सिङमा दिदी गिता र बहिनी बिमला सेमिफाईनलमा


0
Shares

नेपाल आर्मीकी गिताले भक्तपुरकी अस्मिता दुवाललाई अंकको आधारमा हराईन् । त्यस्तै मध्यपश्चिमाञ्चलकी बिमलाले कैलालीकी हरिना अयरलाई अंकका आधारमा हराउदै सेमिफाईनलको यात्रा तय गरिन् ।

२७ औं पुरुष तथा आठौं महिला खुला बक्सिङ प्रतियोगिताको महिला ४६ देखि ४८ केजी तौल समूहमा आर्मीकी ललिता महर्जन, पुलिसकी दिवाना शेर्पा, भक्तपुरकी शर्मिला लामा र एपीएफकी नङजा बुढामगर सेमिफाईनल प्रवेश गरेका छन् ।

बिर्तामोड बजारमा भएको पुरुषतर्फको प्रि–क्वाटर खेलबाट सफलता हात पादै ५६ केजी तौल समुह एपीएफका पुरन राई, झापा दमकका सन्देश राई, बाँकेका नवीन घर्ती, कास्की, दिनेश बानियाँ, भक्तपुरका प्रकाश कुमार विष्ट, दाङका प्रेम चौधरी, सुर्खेतका प्रकाश तारुंग र त्रिभुवन आर्मीका विमल रोक्का क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।