२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


एयर एसियाले तिर्‍यो २ करोड, थप १० करोड आज तिर्ने


0
Shares

बाँकी रकम प्रत्येक महिना तीन करोडका दरले तिर्दै जाने लिखित प्रतिबद्धता उसले गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका निमित्त प्रमुख सुधीर चौधरीले एयर एसियाले आइतबार दुई करोड तिरेको र सोमबार १० करोड रुपैयाँ तिर्ने मौखिक सहमति गरेको जानकारी दिए ।

केही वायुसेवा कम्पनीले विमानस्थल प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क लामो सयमदेखि तिरेका छैनन् । सबैभन्दा बढी बक्यौता रहेको एयर एसियाको २३ करोड रुपैयाँ बक्यौता छ ।

‘एयर एसियाले सोमबार १० करोड बुझाएको अवस्थामामात्र अन्य रकम मासिक रुपमा लिने हो,’ उनले भने, ‘मौखिक प्रतिबद्धताअनुसार रकम नतिरे सोमबार काठमाडौंमा जहाज ल्यान्ड भएपछि उड्न पाउने छैन ।’ –अन्नपूर्ण पोस्टबाट