
कैलालीमा अब पुस महिनाभरि सामुदायिक विद्यालय बन्द रहने जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहले जानकारी दिए । चिसो बढिरहेकाले पुस मसान्तसम्मका लागि सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले बताए ।
अभिभावकहरुले छोराछोरीलाई विद्यालय पठाउन चिसोले समस्या पारिरहेकोले बन्द गर्न गरिएको अनुरोधलाई विद्यालयहरुले जिल्ला शिक्षा कार्यालयलाई जानकारी गराएपछि साुमदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको उनले बताए ।
चिसोका कारण गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु, विद्यालय जाने उमेरका केटाकेटी र वृद्धावस्थामा रहेका नागरिकहरुको स्वास्थ्य प्रभावित भएको छ ।
यसैबीच कञ्चनपुरमा पनि चिसोका कारण तीन दिन विद्यालय बन्द गरिएको छ ।
जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले अत्यधिक चिसोका कारण पठन पाठनमा समस्या भएको भन्दै सोमबारदेखि तीन दिन विद्यालय बन्द गरेको हो ।
जिल्लाभरी का निजी, सामुदायिक तथा सरकारी विद्यालय तीन दिन बन्द हुने भएका छन् ।
कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी अमर प्रसाद भट्टले चिसोका कारण शिक्षक, विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भएकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।
पुस २७ गतेदेखि कञ्चनपुरका विद्यालय खुल्ने जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्