२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सप्तरीमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो


0
Shares

गएराति सप्तरीको खडक नगरपालिका–७ खोरियाका ६० वर्षीय प्रेमकुमार माझी र तिलाठी कोईलाडी गाउँपालिका–४ का ७० वर्षीय नारायण मुखियाको चिसोका कारण मृत्यु भएपछि मृतकको संख्या १६ पुगेको हो ।

दुबै जनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसअघि शीतलहरका कारण ७ महिने बालकसहित १४ जनाको मृत्यु भएको थियो ।

यसैबीच सोमबार भने बिहानैदेखि घाम लागेपछि सप्तरीमा केही राहत भएको छ । एक सातादेखि बाक्लो हुस्सु र शीतलहर खेपिरहेको सप्तरीमा फेरि चहल पहल बढेको छ ।