दक्षिण भारतमा आगलागीबाट पाँच जनाको मृत्यु • Image Khabar Image Khabar


दक्षिण भारतमा आगलागीबाट पाँच जनाको मृत्यु


Imagekhabar
२४ पुष २०७४, सोमबार १३:४७

दक्षिण भारतमा आगलागीबाट पाँच जनाको मृत्यु

अधिकारीहरुका अनुसार सो घटनामा मारिएका व्यक्तिहरुको परिचय खुलेको छ । उनीहरु सोहीे रेष्टुरेन्टको बारमा कार्यरत कामदारहरु भएका र आगलागी भएको अवस्थामा उनीहरु निदाइरहेका थिए ।

बिहीबार विहान स्थानीय समयाअनुसार २ः३० बजे कैलाश बारमा आगालागी सुरु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

कैयौ घण्टापछि आगलागी नियन्त्रणमा लिइएको छ भने शवलाई पोष्ट मार्टमका लागि अस्पतालमा लगिएको छ ।

गत हप्ता पनि मुम्बइको कमला मिल्स कम्पनीमा भएको आगलागीमा परी ११ महिलासहित १४ व्यक्तिको मृत्यु भएको थियो । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्