२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


जमिनबाट धुवाँ निस्किएपछि स्थानीय त्रसित (भिडियो)


0
Shares

सिउँडीबारस्थित विश्वबन्धु अधिकारीको घर पछाडिको भिरालो जमिनबाट धुवाँ निस्किएको हो ।

गत मंगलबारदेखि बिहान र बेलुकाको समयमा तातो धुवाँको मुस्लो निस्किन थालेपछि वरिपरिका बासिन्दा त्रसित बनेका छन् ।

जमिनबाट निस्किएको धुवाँमा धेरैबेर बसेकाहरुलाई रुघाखोकीजस्ता समस्या देखिन थालेको स्थानीयले बताएका छन् ।

धुवाँ निस्किएको ठाउँको अनुसन्धान गरिदिन सुन्दरबजार नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको स्थानीय सुनीता खनालले बताइन् ।

घटनाबारे छानबिनका लागि गृह मन्त्रालयसँग समन्वय गरिएको र घटनास्थलको अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी युवाराज मैनालीले जानकारी दिए ।

मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनाको पावरहाउस र सर्जसाफ्टनजिकै भएको हुँदा त्यसको ‘साइड इफेक्ट’स्वरुप जमिनमा परेको दबाबबाट धुवाँ निस्किएको हुनसक्ने स्थानीयवासीको आशंका छ ।

भिडियो हेर्नुहोस्