१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा


0
Shares

काठमाडौं, मंसिर २८ । ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरिएको छ । सातौं हस्तकला दिवसको अवसरमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरिएको हो ।

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले ललितपुर कला र सम्पदाको भण्डारको रुपमा रहे पनि संरक्षण हुन नसकेको बताए । उनले कला नगरी घोषणासँगै नेपालको अन्तर्राष्ट्रिय जगतमा महत्व र गौरव बढाएको बताए । यसले नेपालको पर्यटन र संस्कृतिको प्रवर्द्धन हुने उनको भनाइ थियो ।

नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले हस्तकलाको आधुनिकीकरण आवश्यक रहेकोमा जोड दिए । उनले हस्तकला र स्थानीय स्रोतसाधनको प्रयोगबाट आर्थिक समृद्धि सम्भव हुने बताए ।

कार्यक्रममा ललितपुर महानगरपालिकाभित्र उत्पादन भएका हस्तकलाका वस्तु प्रदर्शन गरिएको थियो ।