२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गरिँदै


0
Shares

माघ २४ गते हुन लागेको निर्वाचनका लागि अहिलेसम्म १० ओटा राजनीतिक दललेमात्र दल दर्ता गरेको आयोगका कानुन तथा राजनीतिक दल सम्बन्ध महाशाखाका शाखा अधिकृत धर्मचन्द्र तिमिल्सेनाले जानकारी गराए ।

ठूला पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित मधेसवादी दलले पनि अझै दल दर्ता गराएका छैनन् ।

उनकाअनुसार नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातन्त्रवादी र विवेकशील साझा पार्टीले दल दर्ता गरेका छन् ।

आयोगले यही पुस १४ देखि २८ गतेसम्म राष्ट्रियसभाको निर्वाचनका लागि राजनीतिक दललाई दल दर्ताको समय दिएको हो ।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना निर्वाचित हुनेछन् । रासस