
सदमुकाम तौलिहवामा दलित सामाजिक विकास केन्द्र गोटिहवाको आयोजना र युनाइटेड मिसन टु नेपालको सहयोगमा अपांगता भएका व्यक्तिहरुलाई ६० थान ह्विलचियर वितरण गरिएको हो ।
कार्यक्रममा ह्विलचियर वितरण गर्दै प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आयोजक र सहयोगी संस्थालाई धन्यवाद दिए ।
युनाइटेड मिसन टु नेपालका संयोजक दामोदर पण्डितले आगामी दिनमा पनि गरिब र अशक्तहरुका लागि आफूहरुको सहयोग जारी रहने बताए ।
प्रतिक्रिया दिनुहोस्