११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


धर्मको नाममा गरिने राजनीतिले मुलुकको हित गर्दैन्ः पूर्वराष्ट्रपति यादव


0
Shares

काठमाडौं । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले संविधानको सफल कार्यान्वयन अझै चुनौतिपूर्ण रहेको बताएका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित–नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद पुनर्निर्माणको मार्गचित्र नामक पुस्तकको विहीबार काठमाडौंमा विमोचन गर्दै उनले संविधान कार्यान्वयनका लागि नेपाली कांग्रेसले खवरदारी गर्नु पर्ने आवश्यकता औल्याए ।

कांग्रेसको आदर्श र सिद्धान्तबाट मात्र मुलुकले गति लिने भन्दै उनले जनताको घरदैलोमा पुग्न सुझाव दिए ।

डा.यादवले धर्मको नाममा गरिने राजनीतिले मुलकको हित नगर्ने उल्लेख गरे ।

पूर्व राष्ट्रपति डा.यादवले रामचन्द्र पौडेल राजनीतिज्ञ मात्र नभई लेखक र प्रखर विश्लेषक पनि भएको भन्दै उनको पुस्तक कांग्रेसका लागि पथ प्रर्दशक भएको धारणा राखे ।

कांग्रेस नेताहरु डा.रामशरण महत, प्रदिप गिरी, प्राध्यापक डा. लोकराज बराल लगायतले पुस्तकले कांग्रेसभित्रको लोकतान्त्रिक समाजवादलाई छर्लङ्ग पारेको बताए ।

पुस्तकका लेखक नेता पौडेलले पार्टीभित्र लोकतान्त्रिक समाजवादको बहसका लागि पुस्तक लेखेको बताए ।

नेता पौडेलले अहिले कांग्रेसमा विचार र सिद्धान्तको खडेरी परेको भन्दै पुस्तकले विचार र सिद्धान्तलाई बलियो बनाउने बताए ।