
२८५४ औं सोनाम ल्होछार (खि ल्हो) नागोया कोकुसाइ सेन्टरमा सांस्कृतिक कार्यक्रमका साथ मनाउने तयारी गरेको हो ।
कार्यक्रममा इडिएम राजिव लामा, सेलो गायक कर्म दोङ तामाङ र छबि तामाङले बेजोड प्रस्तुती दिनेछन् ।
त्यस्तै थ्री ब्रदर्स ब्यान्ड, शान्ती लामा र समीर लामाको युगल नृत्य समेत रहने आयोजकले जनाएको छ ।
कमस्यो घले, लस्मिता तामाङ, मार्सङ तामाङ, विश्व लामा, पूर्ण लामा, टाशी लामाको पनि प्रस्तुती रहने छ ।
कलाकारहरु रोजगारको शिलशिलामा जापानमै बस्दै आइरहेको छन् । कार्यक्रममा सहभागी भइदिन आयोजकले आग्रह गरेको छ ।
राजिव लामा बिगत तीन बर्ष अघि देखि म्यूज़िक भिडियो यूटूब मार्फ़त ‘जाऊँ जाऊँ साथी रैलैमा’ र ‘वन लव’ बोलको गीत बजारमा ल्याइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्