बसको ठक्करबाट एक वर्षीय बालकको मृत्यु • Image Khabar Image Khabar


बसको ठक्करबाट एक वर्षीय बालकको मृत्यु


Imagekhabar
२८ पुष २०७४, शुक्रबार १३:५५

बसको ठक्करबाट एक वर्षीय बालकको मृत्यु

लमही नगरपालिका–५ चौलाहीमा शुक्रबार बसको ठक्करबाट स्थानीय रामजान अदलीका एक वर्षीय छोरा अब्दुल अनसारीको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिएका छन् ।

शुक्रबार बिहान साधना मन्टेश्वरी स्कुलको लु१क १३५३ नम्बरको बसले बालकलाई अनसारीलाई ठक्कर दिएपछि गम्भिर घाइते भएका उनकोे लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्