Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


खोलाको बगरमा पुरुषको शव फेला


0
Shares

दाङ लमई नगरपालिका–५ गङ्डी राजपुर बस्ने ४० वर्षीय विकासु चौधरी शुक्रबार बिहान बुद्धभूमि नगरपालिका–१ टिक्करदेखि जंगलको कुन्द्रे खोला बगरमा मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिए ।

दाङ घरबाट दुई दिनअघिदेखि हराइरहेका चौधरी शुक्रबार मृतावस्थामा फेला परेका हुन् । चौधरी झारफुक गर्न भनी वाणगंगा नगरपालिका–९ रामदतिवन धाम आएको र बिहीबार साँझ आफूसँग घर जान्छु भनी हिँडेको धामका भोलेबाबाले जानकारी दिए । चौधरीले मादकपदार्थ सेवन गर्ने गरेको साथै उनलाई मृगी रोगसमेत भएको बताइएको छ ।

अत्यधिक मादकपदार्थ सेवन र बिरामीका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव शुक्रबार नै परिवारको जिम्मा लगाइने बताइएको छ । रासस