१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


बसको ठक्करबाट वृद्धको मृत्यु


0
Shares

घोराहीबाट लमही जाँदै गरेको ना४ख ६१६१ नम्बरको बसको ठक्करबाट घोराही-३ बर्गदुवा निवासी ६० वर्षीय लक्ष्मण चौधरीको मृत्यु भएको हो ।

घोराहीको बर्गदुवामा चौधरीलाई सो बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई राप्ती उपक्षेत्रीय अस्पतालमा प्राथमिक उपचारपछि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।