२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘विश्व शान्ति युवा सम्मेलन’ भोलिदेखि काठमाडौंमा


0
Shares

युवा सदन नेपालले दुईदिने ‘विश्व शान्ति युवा सम्मेलन–२०१८’को सम्पूर्ण तयारी सकिएको जानकारी दिँदै शनिबार (भोलि)बाट काठमाडौंको राष्ट्रिय सभागृह र पर्यटन बोर्डको सभाहलमा एकसाथ सुरु हुने जनाएकोे हो ।

सम्मेलनमा ६० देशका १७० भन्दा बढी प्रतिनिधि सहभागी हुने युवा सदन नेपालका अध्यक्ष दिवाकर अर्यालले जानकारी दिए । उनका अनुसार सम्मेलनमा विश्व भातृत्व, अन्तर्राष्ट्रिय सह–सम्बन्ध, युवा विकासका साझा पहलकदमी, नेपालको शान्ति तथा सुरक्षा प्रत्याभूतिलगायतका विषयमा कार्ययोजना प्रस्तुत तथा कार्यन्वयनका लागि पहल गरिनेछ ।

सम्मेलनमा नेपालस्थित विभिन्न कुटनीतिक नियोगका प्रतिनिधि, सार्क राष्ट्रका प्रतिनिधि, अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था, संयुक्त राष्ट्रसंघ तथा नेपाल सरकारका प्रमुख व्यक्तित्वहरुले कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

सम्मेलनमा दाता बैठक, ६ ओटा बिषयमा कार्यपत्र प्रस्तुत, बृहत् सांस्कृतिक कार्यक्रम तथा अवार्ड वितरणलगायतका कार्यक्रमसहित दोस्रो दिन ‘काठमाण्डौैं घोषणापत्र’ जारी गर्दै सम्पन्न हुने आयोजक समितिले जानकारी दिएको छ ।