२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सडकमा प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक छैन : प्रधानन्यायाधीश


0
Shares

रुकुम पूर्वको जिल्ला अदालतको शुक्रबार उद्घाटन गर्दै उनले अहिले सडकमा कोही कराउँदैमा केही नहुने बताए ।

आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको उनको भनाइ छ ।

‘मैले पेस गर्ने ठाउँमा प्रमाण पेस गरिसकेको छु, अब सडकमा प्रमाण देखाउँदै हिँड्न आवश्यक छैन’–उनले भने ।

विभिन्न बहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केही शक्ति लागेकाले त्यो सम्भव नहुने उनको धारणा छ ।

‘हिजो पनि न्यायालय न्यायमूर्ति थियो’–उनले भने–‘आज र भोलि पनि न्यायमूर्ति रहन्छ ।’

न्यायकर्मी जनताको भावना, न्यायको मूल्य–मान्यता, पद्धति र प्रणालीबाट चल्ने गरेको बताउँदै उनले जिल्ला अदालत पनि सोही प्रणालीबाट चलिरहेको र अबका दिनमा पनि त्यसरी नै सन्चालन हुन निर्देशन दिए । रासस