२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


गायिका जुना प्रसाईको ‘तारा बाजी लै लै’ ले दिलाउँछ बालापनको याद (भिडियो)


0
Shares

हरेक ब्यक्तिले आफ्नो बालापनमा भोग्ने, देख्ने र गर्ने चुलबुले पना र पिर ब्यथा बिना बाँचेको जीवनको सजिव चित्र जुनाको नयाँ गीत ताराबाजी लै लै मा हेर्न र देख्न सकिन्छ ।

गायिका जुनाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत लोक आधुनिकको मिक्स फ्युजन भएका कारण यो सबैको मन मस्तिष्कमा बस्न सफल हुने उनको विश्वास छ ।

नदेखेको भए हुन्थ्यो तिमीलाईकी गायिका जुनाले पप, आधुनिक र पूर्वेली लोक गीत गरी सयौँ गीतमा स्वर भरिसकेकी छिन् ।

सार्वजनिक गीत ताराबाजी लै लैमा जुनाको कलात्मक गायकी सँगसँगै दीपक शर्माको जादुमयी संगीत र रचनात्मक शब्दले सजिएको छ ।

युवराज वाईवाको निर्देशन रहेको भिडियोमा केशव भट्राई, रश्मी भट्ट, अभिज्ञा प्रसाई,एलिसा श्रेष्ठ र निर्जला बरालको अभिनय रहेको छ ।

निशान घिमिरेले सम्पादन गरेको गीतलाई उत्सब दाहालले छायांकन गरेका हुन् । जसको एरेनज उदयराज पौडेलले गरेका हुन् ।

(भिडियो)