१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024


केरुङ–काठमाडौं रेलमार्गको डिपिआर बनाउन चीन सकारात्मक


0
Shares

काठमाडौं, मंसिर २७ । प्रस्तावित केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न चीन सकारात्मक देखिएको छ ।

केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरिसकेको चीन डिपिआर गर्न पनि सकारात्मक देखिएको छ ।

काठमाडौंमा चलिरहेको तेस्रो दुईपक्षीय बैठकमा नेपालले अन्तरदेशीय रेलमार्गको डिपिआर तयार गर्न अनुरोध गरेसँगै चिनियाँ पक्ष यसमा सकारात्मक देखिएको हो ।

यसअघि नेपाल र चीनबीच उक्त रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारीअनुसारको प्रतिवेदन चीनले नेपाललाई बुझाइसकेको छ । –नागरिक दैनिकबाट