१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


राष्ट्रपति भण्डारीसमक्ष सर्वोच्चको वार्षिक प्रतिवेदन पेस


0
Shares

काठमाडौं, मंसिर २६ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन बुझाएका छन् ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई सर्वोच्चका प्रधानन्यायाधीश मिश्रले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

नेपालको संविधानको धारा १३८ मा सर्वोच्च अदालत, न्याय परिषद र न्याय सेवा आयोगले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत् संघीय संसदसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, महान्यायाधिवक्ता अग्नि खरेल र सर्वोच्च अदालतमा सबै न्यायाधीशको सहभागिता रहेको थियो । रासस