२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


गायिका सुमिता राईको गीतमा आँचल र प्रज्वलको अभिनयसँगै दमदार नृत्य (भिडियो)


0
Shares

ओम मणि पेमे हम प्रोडक्सनले निर्माण गरेको गीतको म्युजिक भिडियो सार्वजनिक भएसँगै गायिकाको स्वर र भिडियोले तारिफ बटुलेको हो ।

कुमार विवाहितको शब्द, संगीत रहेको गीतलाई सुमिता रार्इले स्वर भरेकी छन् । गीतमा अभिनेत्री आंचल शर्मा र प्रज्वल सिंह श्रेष्ठले अभिनय गरेका छन् ।

ठूलो पर्दाका चलचित्र समेत निर्देशन गरिसकेका चर्चित नृत्य निर्देशक तथा कलाकार गोविन्द राईले निर्देशन गरेको भिडियो दमदार बनेको छ ।

गीतलाई वीरेन्द्र भट्टले छायांकन गरेका हुन् भने टीबी थापाले सम्पादन गरेका छन् । भिडियोका निर्माता खरुन रार्इ हुन ।

गीतमा आँचल र प्रज्वलबीचको फक्रिदै गएको प्रेम सम्बन्ध र प्रेमी–प्रमिकाबीचको आकर्षण देख्न पाइन्छ ।

काठमाडौं आसपासमा रमणीय स्थानमा छायाकंन भएको भिडियो तारिफयोग्य बनेको छ ।

(भिडियो)