चीनको पूर्वी समुद्रमा जलिरहेको पानी जहाज अन्ततः डुब्यो « Image Khabar


चीनको पूर्वी समुद्रमा जलिरहेको पानी जहाज अन्ततः डुब्यो


Imagekhabar
३० पुष २०७४, आईतवार १७:१५

तेल बोकेको सान्छी नामक पानी जहाज र कार्गो पानी जहाज गत जनवरी ६ मा दुर्घटनामा परेको थियो ।

इरानी अधिकारीहरुले ट्याङकरमा रहेका ३० इरानियन र दुई जना बंगलादेशी चालक दलका सदस्य सबैको मृत्यु भएको जनाएको छ ।

पानीजहाजले १० लाख ब्यारेल तेलको विषालु र विस्फोटक स्वरुप कण्डेन्सेट बोकेको थियो ।

हिजो मात्र चालक दलका दुई सदस्यको शव र ब्ल्याक बक्सको रेकर्डिङ यूनिट फेला पारेका थिए । २१ जना चिनियाँ चालक दलका सदस्यको उद्धार गरिएको थियो ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । ट्याङ्कर इरान तर्फ जांदै थियो ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्