१० असार २०८२, मंगलबार | Wed Jun 25 2025


हर्न निषेध र प्लास्टिक प्रतिबन्धलाई कडाइका साथ लागू गर्नुपर्ने सुझाव


0
Shares

वीरगन्ज, मंसिर २६ । वीरगन्ज महानगरपालिकाले हर्न र प्लास्टिकको झोला प्रयोगमा लगाएको प्रतिबन्धलाई कडाइका साथ लागू गर्नुपर्नेमा वीरगन्जवासीले सुझाव दिएका छन् ।

बुधबार वीरगन्जमा आयोजित कार्यक्रमका सहभागीहरुले हर्न र प्लास्टिक प्रयोगमा लगाइएको प्रतिबन्धलाई कडाइका साथ लागू गरे ध्वनी तथा वातावरण प्रदूषणमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा नगरप्रमुख विजयकुमार सरावगीले महानगरपालिकालाई सहयोग गर्न आग्रह गरे ।

त्यसअघि, हर्न निषेध र प्लास्टिक प्रयोग बहिस्कार गरौं भन्दै ¥याली निकालिएको थियो ।