रनवेबाट चिप्लिएर समुद्र किनारमा पुग्यो विमान • Image Khabar Image Khabar


रनवेबाट चिप्लिएर समुद्र किनारमा पुग्यो विमान


Imagekhabar
१ माघ २०७४, सोमबार ०९:५१

रनवेबाट चिप्लिएर समुद्र किनारमा पुग्यो विमान

पेगासस एयरलाइन्सको बोइङ्ग ७३७–८०० मा १६८ यात्री र विमान कर्मचारी थिए । अंकाराबाट आएको सो विमान ‘ब्ल्याक सी’ को तटमा रहेको ट्र्याबजोनमा अवतरण गर्दै थियो ।

रनवेबाट चिप्लिएर समुद्र किनारमा पुग्यो विमान

रनवेमा पुग्नासाथ विमान चिप्लिएर समुद्र किनारको भीरमा पुगेको थियो । अगाडीको भाग समुद्रतिर खसेको भए पनि विमान भीर नै अडिएको थियो ।

विमानमा रहेका सबै यात्रु सकुशल रहेको र उनीहरुलाई उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्