ट्रम्पले प्रष्टिकरण दिदैं भने– म रंगभेदी होइन • Image Khabar Image Khabar


ट्रम्पले प्रष्टिकरण दिदैं भने– म रंगभेदी होइन


Imagekhabar
१ माघ २०७४, सोमबार १२:५०

ट्रम्पले प्रष्टिकरण दिदैं भने– म रंगभेदी होइन

गत बिहीबार आप्रवासी मुद्दाका विषयमा छलफल गर्न ओभल अफिसमा भएको बैठकमा अफ्रिकी मुलुकहरुलाई ‘दरिद्र’ भनेपछि ट्रम्पमाथि रंगभेदीको आरोप लागेको थियो । तर राष्ट्रपति ट्रम्पले भने बैठकमा आफूले कुनै पनि देशलाई ‘दरिद्र’ नभनेको दाबी गर्दै आएका छन् ।

बैठकमा सहभागी डेमोक्र्याटिक नेताहरुले भने ट्रम्पले बारम्बार त्यो शब्दको प्रयोग गरेको बताएका छन् । अफ्रिकी देशलाई दरिद्र भनेपछि ट्रम्प रंगभेदी रहेको भन्दै सर्वत्र विरोध हुँदै आएको छ ।
अफ्रिकन युनिएनले त ट्रम्पले माफी माग्नुपर्ने माग गरेको छ ।

आफ्नो चौतर्फी विरोध भएपछि बोल्दै ट्रम्पले आफू रंगभेदी नरहेको दाबी गरेका हुन् । पत्रकारसँगको कुराकानीमा उनले आफू निकै कम रंगभेदी रहेको बताएका हुन् । ट्रम्पले ह्वाइट हाउस प्रेस पुल संवाददाताहरुसँग वेष्ट पाल्म बिचमा रहेको गल्फ क्लबमा आफूमाथि लागेको रंगभेदी आरोपको खण्डन गरेका हुन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्