२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सरकारी अस्पतालमा शौचालयको यस्तो अवस्था (भिडियो)


0
Shares

देशको राजधानीकै सरकारी अस्पतालहरूको शौचालयको हालत निकै दयनीय छ ।

उपचारका लागि बिरामी अस्पताल पुग्दछन् । तर अस्पतालका संयन्त्र र सुविधाकै कारण मानिस बिरामी पर्ने अवस्था आयो भने के होला ? त्यही हालतमा छन्, देशका सबैभन्दा पुराना मानिने अस्पतालहरु ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, ललितपुरको पाटन अस्पताल, मानसिक अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, कान्ति बाल अस्पतालका शौचालय प्रयोग नै गर्न नसकिने अवस्थामा फोहोर छन् । शौचालयको प्यानमा होइन, ढोका बाहिरै जथाभाबी दिशापिसाव गरिएको छ । नत पानीको राम्रो ब्यवस्था छ, न त सफाई नै ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्