७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु


0
Shares

जिल्लाको सुनबर्सी नगरपालिका–६ स्थित भित्री सडकखण्डमा गएराति को२९प ३६५६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सुनबर्सी नगरपालिका–८ बस्ने २० वर्षीय दीपक कामत र पछाडि सवार २१ वर्षीय बालकृष्ण मण्डलको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ ।

यस्तै, कानेपोखरी गाउँपालिका–२ स्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को२प ५१४१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक कानेपोखरी–३ बस्ने ५० वर्षीय जितन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । (रासस)