म्यानमारमा बौद्ध धर्मावलम्बीको प्रदर्शनमा प्रहरीले गोली चलायो, सातजनाको मृत्यु • Image Khabar Image Khabar


म्यानमारमा बौद्ध धर्मावलम्बीको प्रदर्शनमा प्रहरीले गोली चलायो, सातजनाको मृत्यु


Imagekhabar
३ माघ २०७४, बुधबार १६:३२

म्यानमारमा बौद्ध धर्मावलम्बीको प्रदर्शनमा प्रहरीले गोली चलायो, सातजनाको मृत्यु

अराकान राज्यको शासन पतन भएको स्मृतिमा कार्यक्रम गर्न करिब ४ हजार आदिवासी बौद्ध धर्मावलम्बीहरु त्यहाँ जम्मा भएका थिए ।

सोक्रममा धेरै प्रदर्शनकारी घाइते भएका छन् । मराउके यू अराकनको ऐतिहासिक राजधानी हो ।

प्रत्येक वर्ष स्थानीय रखाइनवासीले २०० वर्षअघि बर्मेली सेनाले तत्कालीन उक्त राज्यमा विजय हासिल गरेको मौका पारी स्मृति कार्यक्रम गर्ने गर्छन् ।

तर, यस वर्ष स्थानीय प्रशासनले कार्यक्रम आयोजना गर्न प्रतिबन्ध लगाएको थियो ।

म्यानमार विभिन्न आदिवासी समूह बसोबास गर्ने मुलुकमा पर्छ । यस्ता केही समूह सरकारसँग सशस्त्र संघर्षमा उत्रिएका छन् ।

रखाइन प्रान्तमा रोहिंग्या र सेनाबीचको संघर्षका कारण ६ लाख ५० हजारभन्दा बढी रोहिंग्या बंगलादेश पलायन भएका छन् ।

मंगलबार (हिजो)मात्र लागि बंगलादेश र म्यानमारबीच रोहिंग्या मुस्लिम शरणार्थी म्यानमार फर्काउने समय तालिकामा सहमति भएको थियो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्