Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


नवराज सिलवाललाई पक्राउ गर्न सातै प्रदेशमा पत्राचार


0
Shares

प्रहरी महानिरीक्षक बन्न किर्ते कार्यसम्पादन मूल्यांकन पेस गरेको अभियोगमा सिलवाल छानबिनमा तानिएका हुन् ।

कार्यसम्पादन मूल्यांकनमा किर्ते भएको बारे सर्वोच्च अदालतले छानबिन थाल्न आदेश दिएलगत्तै महानगरीय प्रहरी परिसर, काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो

‘मुलुकी ऐन किर्ते कागजको महलअन्तर्गतको सरकारी कागज किर्ते मुद्दा अनुसन्धानको सिलसिलामा केही बुझ्नुपर्ने भएको हुँदा,’ प्रहरी प्रधान कार्यालयले जारी गरेको पत्रमा लेखिएको छ, ‘खोजतलास गरी यस कार्यालयमा अविलम्ब उपस्थित गराइदिनुहुन अनुरोध छ ।’

यसअघि प्रहरी परिसर काठमाडौंले पुस १८ मा सिलवाललाई उपस्थित गराउन भन्दै प्रहरी परिसर, ललितपुरका नाममा पत्र काटेको थियो । ललितपुर प्रहरीले सिलवालको ठेगानामा उनी नभेटिएको, तर खोजी जारी रहेको जवाफी पत्र पठाएको थियो । –कान्तिपुर दैनिकबाट