
तीन दिनसम्म चल्ने सम्मेलनमा विभिन्न १८ राष्ट्रका २५० जना क्यान्सर सम्वन्धी विशेषज्ञहरुको उपस्थिती रहेको छ ।
नेपाल अर्वुदरोग निवारण समाजले आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विकासशील राष्ट्रहरुमा क्यान्सरको समस्या प्रमुख चुनौतीको विषय बन्दै गइरहेको वताए ।
देउवाले क्यान्सर रोग कुनै एक देशको मात्र समस्या नभएर बहुआयामीक समस्या भएकाले सबै राष्ट्रहरुको साझा धारणा र प्रयास आवश्यक रहेको बताए ।
स्वास्थ्यमन्त्री दिपक वोहराले पछिल्लो समय क्यान्सर रोगको उपचार र यसको नियन्त्रणका लागि सरकार र नीजि क्षेत्रबाट उल्लेखनीय प्रगती भईरहेको बताए ।
बोहराले कृषि प्रणालीमा प्रयोग हुने विषादीका कारण जीवन र जमिन दुबैलाई असर गरिरहेकोले विषादी प्रयोगमा रोक लगाउन सरकारले थप कार्यक्रमहरु अघि सारेको जानकारी गराए ।
कार्यक्रमका सहभागी क्यान्सर सम्वन्धी विषेशज्ञहरुले नसर्ने रोगहरुमध्ये क्यान्सर रोग चुनौतीको रुपमा देखापरेको बताउदै खानपान र जिवनशैलीमा ध्यान नदिने हो भने आगामी सन २०३० सम्म क्यान्सरले भयाभह रुप लिन सक्ने चेतावनी दिएका छन् ।
उनीहरुले स्वाथ्यसम्न्धी नीति निर्माणमा सुधार आएपनि यसलाई व्यवहारिका रुपमा कार्यान्वयन गर्न सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्