
पायक पर्ने स्थान दाङमा प्रदेश राजधानी नतोकी अपायक स्थानमा राजधानी तोकिएको भन्दै उनीहरुले सो निर्णय तुरुन्त सच्याउन माग गरेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रबाट निर्वाचित जिल्लाका चारओटै निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु तिलक शर्मा, कविराम थारु, कुलप्रसाद पोखरेल र दिपेश थारुले बिहीबार सदरमुकाम गुलरियामा पत्रकार सम्मेलन गरी सरकारको निर्णयको विरोध गरेका हुन् ।
उनीहरुले प्रदेशको अस्थायी केन्द्र तोक्ने निर्णय नसच्याइए प्रदेश–५ को विकल्प खोज्न बाध्य हुने चेतावनी दिएका छन् ।
‘सरकार आफैंले गठन गरेको कार्यदलको सिफारिसलाई बेवास्ता गर्दै जनताको भावनाविपरीत संघीयतालाई कमजोर पार्ने र अस्थिरता ल्याउने भावनावाट प्रदेश केन्द्र तोकिएको’ भन्दै उनीहरुले असन्तुष्टि जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्